×

लागुऔषधविरुद्ध प्रहरीको अभियान

images

राँझा : बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ ।
 अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको  कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत दैनिकजसोे लागुऔषध कारोबार तथा सेवनमा संलग्नलाई पक्राउ गर्दै आइएको छ । प्राप्त सूचनाका आधारमा बिहीबार मात्रै नेपालगञ्ज उपमहानगरपालिका–४ बाट ५२ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो ।
 
अछाम तुर्माखाँद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्र्षीय प्रेम चलाउने र सोही जिल्लाका पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षीय गौरव विष्टलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । “केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेको थियो”, उहाँले भन्नुभयो,“लागुऔषधविरुद्धको अपरेसन रोकिदैन । हामी युजरमात्रै होइन, डिलरलाई नै निमिट्यान्न पार्दैछौं ।”
 
 लागूऔषध नियन्त्रण, उपचार तथा परामर्शका लागि जिल्लामा समुदाय– प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरी लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउने अभियान सञ्चालन गरिएको नेपालगन्जस्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बताउनुभयो ।
 
जिल्लाका ग्रामीण क्षेत्रस्तरसम्म लागुऔषध बिक्री वितरक तथा प्रयोगकर्ता बढ्दै गएपछि न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो । सोही कार्यक्रमका लागि खजुरामा नागरिक सहायता कक्ष स्थापना भइसकेको छ । दुव्र्यसनमा फसेकालाई गाउँपालिकाको सिफारिसमा उपचार तथा परामर्शका लागि नेपालगञ्जमा रहेको परामर्श केन्द्रमा निःशुल्क परामर्श दिइने उहाँले बताउनुभयो ।
 
 
अध्यक्ष जोशीका अनुसार उक्त कक्षले लागुऔषध दुव्र्यसनीलाई न्यूनीकरण गरी कुलतमा फसेका सर्वसाधारणको उपचारमा सहयोग पु¥याउने छ । सबैको सहकार्य र प्रहरीसँगको साझेदारीमा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श कार्यक्रम अझ अगाडि बढाइने छ ।

शुक्रबार​ २८ माघ २०७८ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया