×

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

images

मलङ्गवा (सर्लाही), २६ पुस : यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको उक्त अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो । जिल्ला अदालत सर्लाहीको आदेशपछि बम्जनलाई आजै जिल्ला कारागार महोत्तरी चलान गरिएको छ ।

अदालत भित्र बहस चलिरहेको समयमा ठूलो सङ्ख्यामा बाहिर बम्जनका अनुयायीहरु भेला भएका थिए । अदालत भित्र र बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । सर्लाहीको लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको थियो । यौन शोषणको मुद्दामा अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न आदेश दिएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई मंगलवार बुढानीलकण्ठस्थित घरबाट पक्राउ गरेको थियो । 

बिहीबार २६ पुस २०८० १०:३५ PM मा प्रकाशित

प्रतिक्रिया