×

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद,विदेशी पक्राउ

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।  शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका इजिप्टका नागरिक सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ परेका इजिप्टीयन नागरिक एफ जेट ५७३ फ्लाइबाट शनिबार राति ११ बजेर ५१ मिनेट ल्याण्ड भएका थिए । उनलाई सुन भन्सारबाट पास भइ बाहिरिसकेकाे अवस्थाबाट पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले बताए । 

विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले इजिप्टीयन नागरिक लाई  नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा उनले  भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो । 

बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।


डिआईजी चन्दका अनुसार सुडानी नागरिक २ जना पनि पक्राउ परेका  छन् ।  उनीहरुमाथि पनि अनुसन्धान जारी रहेकाे उनले बताए ।
यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

आइतबार​ २४ मंसिर २०८० ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया