×

क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा

images

काठमाडौं । साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन ।

क्राएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उक्त गोलसँगै नाटकिए मोड लिएको खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टि सुटआउटमा ब्राजिलका रोड्रिगोले गरेको प्रहार क्रोएसियाका गोल किपर डोमिनिक लिभाकोभिचले सहजै बचाउ गरेका थिए । यस्तै, मार्किनियसले हानेको पेनाल्टी पोलमा क्रसबारमा लागेर बाहिरिएपछि ब्रालिको जित सम्भावना सकिएको थियो । ब्राजिलका क्यासिमिरो र पेड्रोले मात्रै पेनाल्टिमा गोल गर्न सफल भए ।

यस्तै, क्रोएसियाका निकोला भ्लासिक, लोभ्रो माहेर, लुका मोड्रिच र मिसाल्भ ओरसिर्कले गोल गरे । सन् २०१८ मा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । यस्तै, क्रोएसिया फाइनलमा फ्रान्ससँग हारेको थियो । सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना र नेदरल्ल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टी शूटआउटमा हराएको थियो ।

क्रोएसिका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।


 

शनिबार २४ मंसिर २०७९ ०६:४३ AM मा प्रकाशित

प्रतिक्रिया