×

नेपाली जाँडलाई विदेश निर्यात गर्ने व्यवस्था गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

images

तुलसीपुर, २४ भदौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताउनुभएको छ । दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उहाँले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताउनुभयो ।

 “कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उहाँले भन्नुभयो, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उहाँले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताउनुभयो । साथै उहाँले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताउनुभयो । उहाँले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताउनुभयो ।

आइतबार​ २४ भदौ २०८० ०९:०३ PM मा प्रकाशित

प्रतिक्रिया