×

संसदमा प्रचण्डको स्पष्टीकरण : त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिका बारेमा संसद्मा स्पष्टीकरण दिएका छन् । उनले उक्त अभिव्यक्ति सो दिन आफूले प्रधानमन्त्री नभर्इ आफ्नो ठूली छोरी (ज्ञानु) को बुवा भएर बोलेको बताएका हुन्।

उनले भने, ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो। म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड। त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी) को बुबा भएर बोलेँ।’

आफूले त्यत्ति बोलको भरमा हिजो क्रान्तिकालमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति वर्षौंसम्म लडाई लडेको सिद्धियो त भनेर उनले प्रस्न गरे ।

‘हिजो क्रान्तिकालमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति लडाई लडेको वर्षौंसम्म सिद्धियो यसैले ? नाकाबन्दी हुँदा मैले लिएको अडान र गरेको संघर्ष सबै प्रतिपक्ष साथीहरुलाई राम्रोसँग थाहा छ । मेरो त्यही एउटै भावनात्मक अभिव्यक्तिले सबै सिद्धियो त ?’– उनले भने ।

आफूले बोलेको बेलाबेलाका बोलीहरु अदालतसम्म पुगेको स्मरण गराउँदै उनी ती भावहरु षड्यन्त्र गरेर नभनेको उनले बताए । ‘अदालतसम्म पनि पुगे मेरो बेलाबेलाका बोलीहरु, मलाई त्यसको हेक्का त छ ।

हृदय छामेर इमानदारिताको साथ भन्ने हो भने प्रचण्डले षड्यन्त्र गरेर भनेको हो त ति भावहरु ? कुन प्रसंगमा के को निम्ति भनेको भनेर हेक्का राख्नुपर्ने हो कि होइन ?’– उनले भने ।

सोमबार २५ असार २०८० ०८:४५ PM मा प्रकाशित

प्रतिक्रिया