×

नक्कली शरणार्थी प्रकरण- जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन- डा. शेखर कोइराला

images

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको दाबी गरे । 

images

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी  बनाएर ठगी गरेको आरोपम...

‘यो त नक्कली शरणार्थीको इस्यु, देशको लागि पनि लज्जास्पद कुरा हो । प्रहरी प्रशासनले अनुसन्धान गरिरहेको छ । त्यो रोकिन्छ जस्तो मलाई लाग्दैन । किनभने यो राजनीतिक वृद्धमा राष्ट्रिय रूपमा आइसक्यो र यो अन्तर्राष्ट्रिय स्तरमा पनि गइसकेको छ’, उनले भने, ‘शरणार्थीलाई अमेरिका पठाउने भनिसकेपछि उनीहरू पनि सशङ्कित हुन्छन् नि यो के भइरहेको छ नेपालमा भनेर । त्यस कारण यो रोकिन्छ भन्ने मलाई चाहिँ विश्वास लाग्दैन ।’

images

गृहसचिव हेरफेर

काठमाडौं ।  गृह मन्त्रालयका सचिव फेरिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेश भट्...

‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’ डा. कोइरालाले भने, ‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’ नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गरे । आजसम्म प्रहरीले अनुसन्धान गरिरहेको छ भने गरेको भन्नु पर्ने कोइरालाले बताए ।

‘जो–जो दोषी हो उनीहरू त कारबाहीमा पर्नुपर्छ । गलत काम भएको छ । उनीहरुले कारबाहीको भागिदार बन्नुपर्छ,’ उनले भने, ‘तीन जना नेताले छलफल गरे, दुई जना नेताले बसेर छलफल गरेको विषयमा आएका समाचार हामीले पनि पढेका छौं । उहाँहरूले जे सुकै कुरा गरेपनि यो नक्कली शरणार्थीको विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ । त्यस कारण त्यति सजिलो गरी प्रहरी प्रशासन पनि ब्याक हुन सक्दैन ।’

बुधबार २७ बैशाख २०८० ११:२७ AM मा प्रकाशित

प्रतिक्रिया