×

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ

images

शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ गरिएको हो । पक्राउ परेका धामीबाट प्रहरीले से४प ९५११ नंको पल्सर मोटरसाइलसमेत बरामद गरेको छ । 

मोटरसाइकलमा जाँदै गरेका धामीमाथि शङ्का लागि जाँच गर्दा सुर्के थैलीभित्र कालो प्लास्टिकमा पोका पारेर लुकाइराखको अवस्थामा चरेस बरामद भएको प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ । पक्राउ परेका धामीमाथि प्रहरीले कानूनबमोजिम थप अनुसन्धानको कार्य भइरहेको जनाएको छ ।
 

आइतबार​ २७ चैत २०७८ ११:२३ PM मा प्रकाशित

प्रतिक्रिया