×

चुनावका लागि एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

images

नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो ।

पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्रिय हुनुपर्नेछ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक सय ११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको छ । यस्तै बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चुनाव परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका रहनुभएको छ । 

आइतबार​ २७ चैत २०७८ ०४:३४ PM मा प्रकाशित

प्रतिक्रिया