×

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

images

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका ४ मा बस्ने शुक्रराज जगेबुको घरमा विद्युत सर्ट भई आगलागी हुँदा भाडाबर्तन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका १० का घनेन्द्र लिम्बुको घरमा आगजनी हुँदा गहना, भाडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै थप  अनुसन्धान गरिरहेको छ ।
 

शुक्रबार​ २६ फागुन २०७९ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया