×

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, के छ सर्वोच्चको आदेशमा ?

images
काठमाडौं । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो। 

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र  यस मामिलामा पटक-पटक व्याख्या भएको भन्दै सर्वोच्च अदालतले पूर्ण सुनुवाइपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गरेको हो ।

निवेदकको माग बमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, दिनेश त्रिपाठी, बालकृष्ण न्यौपाने, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए।

अधिवक्ताद्धय ज्ञानेन्द्र आरन र कल्यान बुढाथोकीलगायत जनयुद्ध पीडित परिवारले प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

शुक्रबार​ २६ फागुन २०७९ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया