×

गजल

images

पर्न  त  पर्यो  दिलमै  किला  हेर्न बाँकी छ । 
अब  केके हुन्छ ?  प्रेमलिला  हेर्न बाँकी छ ।

केके गर्छन्  चुनाव जितेर सत्तामा गएपछि,
आउन त आएकाछन् गतिला हेर्न बाँकी छ ।

कठै ! मेरा  आफन्तहरु कहाँसम्म पुग्ने हुन,
आखिर दिएर वचन चोटिला  हेर्न बाँकी छ ।

म आगो बन्दा तिमी पानी बन्छौ भने माया,
सकिन्छ या बढ्छ सिलसिला हेर्न बाँकी छ ।

तपाईं आफुलाई हात्ती सम्झिनेहरु सुन्नुहोस्,
हात्तीलाई पनि ढाल्छ कमिला हेर्न बाँकी छ ।

                   

शुक्रबार​ २६ फागुन २०७९ ०१:०७ PM मा प्रकाशित

प्रतिक्रिया