×

घट्यो नेप्से, सात महिनामा सबैभन्दा बढी २१ अर्ब बराबरको कारोबार

images

काठमाडौं ।  मंगलबार सेयर बजारमा साढे सात महिनामा सबैभन्दा बढी २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि साउन ११ गते २६ अर्ब ५७ करोड र भदौको अन्तिम दिन २९ अर्ब ९५ करोडको कारोबार रेकर्ड रहेको थियो।

चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर कारोबार रोकिएको थियो, जसका कारण लगानीकर्ताले कारोबार गर्न पाएका थिएनन्।

आज नेप्से परिसूचक ३२.०८ अंक (१.११%)ले घटेर २८४३ अंकमा बन्द भएको छ। बजारमा तीव्र उतारचढाव देखियो; बिहान १२:३५ बजे नेप्से २७९६ अंकसम्म झरेको थियो तर पछि स्थिर भयो।

७८ कम्पनीको मूल्य बढ्दा १७८ कम्पनीको घट्यो र ५ कम्पनीको स्थिर रह्यो। रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको मूल्य १०% बढ्यो। सबैभन्दा बढी मूल्य घट्ने कम्पनी हिमस्टार ऊर्जा ६.३६% ले घट्यो। आज धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट रहेका छन्।

मङ्गलबार २६ फागुन २०८२ ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया