×

मन्दिर रंग,वर्ण, धर्म र जातको लागि हैन् सबै मानिसको लागि खुल्ला हुनुपर्छ- सद्गुरु वासुदेव

images

काठमाडौं । ईशा फाउण्डेशनका संस्थापक, आध्यात्मिक तथा योग गुरु सद्गुरु जग्गी वासुदेवले मन्दिर कुनै पनि रंग,वर्ण, धर्म र जातको लागि भन्दा पनि सबै मानिसको लागि खुल्ला हुनुपर्ने बताएका छन् ।  लिङ्ग भैरवी देवी मन्दिरको प्राण–प्रतिष्ठापछिको भैरवी उत्सवका क्रममा काठमाडौंको टुडिखेलमा बोल्दै उनले नेपालको मन्दिरहरुमा हिन्दुहरु मात्र छिर्ने भन्ने नियमहरुलाई परिवर्तन गर्न आवश्यक भएको बताएका हुन् । 

मन्दिरहरु सबै प्रकारको मानिसको लागि सधै खुल्ला हुनुपर्छ । रङ्, रुप, जात भनेर कसैलाई पनि छुटाउनु हुदैँन् । अर्को कुरा भनेको मन्दिरहरु मानिसको लागि मात्रै खुल्ला हुनुपर्ने बादरहरुले मान्छेलाई नै बाहिर निकाल्छ । कुनै ठाँउमा गेटमा बसेर तपाई हिन्दु हो कि विदेशि हो भनेर रोकि रहेको थियो । त्यस्तो नगर्नु किनभने त्यो उनिहरु फेरि पनि फर्केर आउँछ तर त्यो पटक मन्दीरमा पुज्न होईन मन्दीरहरुलाई प्रभाव पार्न, नोक्सान पु¥याउन आउछन् ।  

गेटमा बसेर तपाई हिन्दु हो कि विदेशि हो भनेर रोक्नु राम्रो नभएको भन्दै उनले उनिहरु फेरि पनि फर्केर आउँछ तर त्यो पटक मन्दिरमा पुज्न होईन मन्दिरहरुलाई नोक्सान पु¥याउने उदेश्यले आउने उनको भनाई छ  । उनले मन्दिरमा भएका बाँदहरुलाई व्यवस्थापन गर्न पनि सुझाव दिएका छन् । 

मन्दिर कुनै पनि रंग,वर्ण, धर्म र जातको लागि भन्दा पनि सबै मानिसको लागि खुल्ला हुनपर्छ । नेपालको मन्दिरहरुमा हिन्दुहरु मात्र छिर्ने भन्ने नियमहरु छन् । तर पर्यटकहरु नेपालकै मन्दिर हेर्न आउने हुँदा सबैले छिर्न पाउनु पर्छ । मन्दिरमा भएका बाँदरहरुको व्यवस्थापन गर्नुपर्छ । 

पर्यटनकै लागि भएपनि मन्दिरहरुलाई व्यवस्थित गर्ने र सबै आन्तरिक तथा बाह्य पर्यटकहरु मन्दिर जान पाउनु पर्ने उनको भनाई छ ।  टुँडिखेलमा जारी भैरवी उत्सवमा सयौं मानिस सहभागी रहेको थियो । सो कार्यक्रममा सद्गुरुले देवीका विभिन्न पक्षबारे चर्चा गर्नुका साथै साउण्डस् अफ इशा एवम् इशा संस्कृतिको सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुती समेत प्रर्दशन गरिएको थियो ।  

शुक्रबार​ २६ फागुन २०७९ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया