×

राप्रपा पदाधिकारी बैठक शुरू, पूर्व अध्यक्ष राणा र लोहनी पनि सहभागी

images

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ ।


समसामयिक राजनीति र विविध विषयमा छलफल हुने बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी सहभागी रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


बैठकमा पार्टीका पदाधिकारी र प्रदेश समितिका अध्यक्षको समेत सहभागिता छ । 

बैठकमा निवर्तमान अध्यक्ष कमल थापाले राप्रपा छाडेपछिको परिस्थितिको समीक्षा हुने जनाइएको छ ।


बैठकमा थापाको प्यानलबाट निर्वाचित भएका पदाधिकारीहरू पनि सहभागी छन् ।

बिहीबार २७ माघ २०७८ ०१:०९ PM मा प्रकाशित

प्रतिक्रिया