×

एएफसीमा मछिन्द्रको यात्रा चुनौतीपूर्ण

images

काठमाडौँ। एएफसी कप छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लब पहिलो खेलमा श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मछिन्द्रले ब्लु स्टारसँग चैत २२ गते खेल्ने भएको हो । एएफसीले बिहीबार प्रतिस्पर्धाको स्थान र समय तय गरेको एन्फाले जनाएको छ ।

सहिद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थान कब्जा गरेको मछिन्द्रले एएफसी छनोटमा स्थान पक्का गरेको हो । सातौँ चरणसम्म शीर्ष स्थानमा रहेका कारण उसले यो अवसर प्राप्त गरेको हो ।

यस्तै, सो खेल जिते मछिन्द्रले अर्को चरणअन्तर्गत भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । भारतको कोलकत्तामा रहेको विवेकानन्द युवा भारती क्रिरंगन रंगशालामा हुने सो खेल चैत २९ गते प्रतिस्पर्धा गर्नेछ ।

तर यी खेल जित्न र आगामी यात्रा गर्न नेपालको कमजोर अभ्यासबाट हुर्केको मछिन्द्रलाई चुनौती भने धेरै छ।

बिहीबार २७ माघ २०७८ ०१:१४ PM मा प्रकाशित

प्रतिक्रिया