×

राष्ट्रिय बिमा कम्पनीको नाफा ४१.४२% बढ्यो, इपीएस १४५.७५ रुपैयाँ

images

काठमाडौं । राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा ४१.४२% ले वृद्धि गरेको हो । कम्पनीको खुद बिमा शुल्क आम्दानीमा भने झिनो सुधार हुँदै १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । बिमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ जम्मा भएको छ ।  

राष्ट्रिय बिमा कम्पनीको रिजर्भ कोष आकर्षक देखिएको छ । रिजर्भ कोषमा ६.८७% सुधार हुँदै ३ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १४५ रुपैयाँ ७५ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १ हजार ३१७.२५ रुपैयाँ छ ।

बिहीबार २७ माघ २०७८ ०१:३२ PM मा प्रकाशित

प्रतिक्रिया