सेयरबजारमा सोमबार पनि गिरावट आएको छ। साताको पहिलो दिन नै घटेर सुरु भएको सेयरबजार आज पनि १०.९८ अंकले ओरालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से फेरि २७ सय विन्दुबाट झरेर २६७७.३२ विन्दुमा पुगेको छ। सोमबार १ करोड ४४ लाख कित्ता सेयर बिक्रीबाट ६ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको हो।
आज बजारमा ७७ वटा सेयरको मूल्य बढ्यो भने १६१ वटाको घट्यो। ६ वटाको भने उही मूल्यमा कारोबार भएको नेप्सेले उल्लेख गरेको छ। आज गार्डियन माइक्रो लाइफ र ङादी पावरको सेयर १० प्रतिशतले बढे पनि बाँकी सेयर ८.८४ प्रतिशतसम्म मात्र बढे। आज बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयरमा भने नकारात्मक सर्किट लाग्यो। सर्वाधिक कारोबारमा आज २४ करोडसम्मको मात्र कारोबार भएको छ।
आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारबिच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स समूहमा गिरावट आएको छ । अन्य समूह र व्यापारमूलक समूहको सूचक भने सामान्य बढेको नेप्सेको तथ्यांक छ ।
आज बजारमा मूल्य र कारोबार रकमका आधारमा पाँच वटा कम्पनी बढी चर्चा (हाइलइट) मा रह्यो । यसमध्ये न्यादी ग्रुप पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया