×

चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न

images

आज २०८० कार्तिक २२ गते हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवम् चलचित्रकर्मी चेतन कार्कीको जन्म जयन्तीमा चेतन कार्की स्मृति सन्ध्या २०८० सम्पन्न गरेको छ।


प्रमुख अतिथि नेपाल ऋषि डा जगमान गुरुङको प्रमुख आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रम नृत्य ,चेतन कार्कीको शब्दको गीत कान्छी हे कान्छी ,माया प्रीतिको चोखो कथा गाएका थिए ।

संस्थाको अध्यक्ष ज्ञान बहादुर थापाले स्वागत गरेर प्रारम्भ गरिए पछि स्वागत नृत्य  मलाई रमाइलो मेरै पाखा पखेरो बाट कार्यक्रमको थालनी भएको थियो ।

गायिका बाबा राणाले चेतन कार्की सँग बिताएका स्मृति सहित गीत प्रस्तुत गरेकी थिइन् ।चेतन कार्कीले पोखरामा दिएको योगदान बारे आनन्द राज मुल्मीले प्रकाश पारेका थिए ।

प्रमुख वक्ता साहित्यकार कवि मुरारि सिग्देलले २७ वर्षसँगै बसिबियाँलो गरेका स्मृतिका ती दिन सम्झदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा संरक्षक नरबहादुर शेरचन,चेतन कार्कीका छोरा पारश कार्की र पंकज कार्की  सहित संस्थाका मानार्थ सदस्य टीकाबहादुर कार्की ,ले क जेपी क्रस,बुद्धिमान गुरुङ धम्पु,बुद्धिप्रसाद गुरुङ ,सल्लाहकार क्षेत्र गुरुङ ,संचार कर्मी दीपेन्द्र श्रेष्ठ ,गीतकार दुर्गा शाह बाबा,साहित्यकार असफल गौतम ,रमा परासर सूद ,लगायतको बाक्लो उपस्थित रहेकोे थियो । कार्यक्रम संचालन परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले गरेका थिए ।

बिहीबार २३ कात्तिक २०८० ०७:०७ AM मा प्रकाशित

प्रतिक्रिया