×

एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु

images


काठमाडौँ, २३ कात्तिकः एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ  । नेपाल बैंकर सङ्घ र एशियन बैंकर सङ्घको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनमा सदस्य देशका बैंकरहरुको सहभागिता छ । 

    सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गर्नुभयो । विश्व बैंक, एशियालि विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उहाँले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गर्नुभयो । 

    उहाँले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिनुभयो । उहाँले बैंकमा लगानी बढाउन पनि आग्रह गर्नुभयो । 

    सम्मेलन ‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ नाराका साथ सुरु भएको छ ।
---

बिहीबार २३ कात्तिक २०८० १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया