×

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ

images

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई  आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् । 

प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार  सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।

महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट  पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए । 

बिहीबार २३ कात्तिक २०८० ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया