×

संखुवासभा कारागारमा झडप- दुई जना कैदीबन्दीको मृत्यु

images

 काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । बिहान ६ बजेतिर कुटपिटबाट घाइते भएका बलामी र तोलाङ्गी लाई उपचार गर्न लैजाँदा मृत्यु भएको डिआईजी बास्तोलाले बताए ।

बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजायँ तोकिएको थियो भने आकाश चोरी मुद्दामा तीन वर्षका लागि जेल सजाय भोगिरहेका थिए । कुटपिटमा संलग्न ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।  


 

बुधबार २४ साउन २०८० १२:०७ PM मा प्रकाशित

प्रतिक्रिया