×

पाेखरीमा डुबेर एक बालकसहित २ जनाकाे ज्यान गयाे

images

सप्तरीमा पोखरीमा डुबेर एक बालकसहित दुई जनाको ज्यान गएको छ ।

पोखरीमा डुबेर विष्णुपुर गाउँपालिका वडा नम्बर ३ का ३५ वर्षका लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका संजय पण्डितका दुई वर्षका छोरा दीप कुमार पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेर ज्यान गएको हो । यस्तै दुई वर्षका दीपकुमार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ मा पाहुनाको रूपमा आएकोमा खेल्ने क्रममा चिप्लेर पोखरीमा खसेका थिए । घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ । 

मङ्गलबार २४ साउन २०७९ ०५:०७ PM मा प्रकाशित

प्रतिक्रिया