×

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्व बालुवाटार पुगेका हुन। 

बालुवाटारमा नेतात्रयबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।  तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणलगायत समसामयिक विषयमा कुराकानी हुने बताइएको छ। 

यस्तै संवैधानिक परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको भाेलिपल्ट उनीहरुबीच छलफल भइरहेको हो।

यस्तै दलहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि सहमति जुट्न बाँकी छ।   

मङ्गलबार २६ बैशाख २०८० १०:३२ AM मा प्रकाशित

प्रतिक्रिया