×

एमाले नेता लेखराज भट्टको घर पुगे प्रधानमन्त्री प्रचण्ड, भने- यो घर मेरो पनि हो

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगडीको गेटास्थित पूर्वमन्त्री लेखराज भट्टको निवासमा पुगेका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड भट्टको घरमा पुगेका हुन् । केहीबेर भट्ट निवसमा बिताएका प्रधानमन्त्री प्रचण्डले भट्टको घरसँग ४० वर्षदेखिको सम्बन्ध रहेको बताए ।

उनले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँमाथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो ।’ भट्ट पूर्वमाओवादी नेता हुन्। भट्ट माओवादीमा स्थायी कमिटी सदस्य र सुदूरपश्चिम इन्चार्ज थिए। पहिले पनि प्रधानमन्त्री प्रचण्ड धनगढी आउँदा लेखराजको घर जाने गरेकोमा नेकपा विभाजनपछि भने उनीहरूबीच राम्रो सम्बन्ध थिएन।

धनगढी आउँदा प्रधानमन्त्री प्रचण्ड लेखराजको घर पुगेर खाना खाएर जाने गर्थे। तर २०७५ पछि उनीहरूको सम्बन्ध चिसिएको थियो, त्यसपछि यहाँ आउँदा उनले भट्टलाई भेट्ने गरेका थिएनन्। उनले भट्सँग राजनीतिक विषयमा पनि छलफल भएको बताए । ‘लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’ प्रधानमन्त्रीले भने ।

आइतबार​ २६ चैत २०७९ १२:३३ PM मा प्रकाशित

प्रतिक्रिया