सिंहदरबारको फोहोर उठाउन बन्द

    images

    काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।

    त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । मेयर  साहले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । महानगरपालिकोको ११ नं. वडामा पर्ने सिंहदरबारमा यसअघि ११ नं. वडाले फोहोर व्यवस्थापन गर्दै आएको थियो ।

    ११ नं. वडाध्यक्ष हीरालाल तण्डुकारले आइतबारदेखि सिंहदरबारभित्रको फोहोर संकलन गर्न बन्द गरिएको जानकारी दिए । यसैबीच फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको सञ्चारकर्मीहरूलाई बताए ।

    आइतबार​ २६ चैत २०७९ ०५:०२ PM मा प्रकाशित

    प्रतिक्रिया