×

जानीराखौं लसुन खानुका फाइदा

images

काठमाडौं । लसुन धेरै पौष्टिक तत्वबाट भरिपूर्ण हुन्छ । भिटामिन सी, बी ६, फाइबर, म्यागनीज, क्याल्सियम आदि तत्व लसुनको सेवनबाट प्राप्त गर्न सकिन्छ । लसुनलाई पावर हाउस समेत भनिन्छ । प्रत्येक नेपालीको भान्सामा लसुन हुने नै गर्छ ।

लसुनको सेवनले इन्फ्लेमेशन कम गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ । लसुन मुटुको स्वास्थ्यलाई ठिक राख्न पनि लाभदायक मानिन्छ । अस्वस्थकर जीवनशैलीका कारण मानिसहरूमा अहिले मोटोपनको समस्या बढ्दै गएको छ । मोटोपन घटाउनका लागि मानिसहरूले अनेक उपायहरू अपनाउँछन् ।

लसुनको प्रयोगबाट तौल कम गर्न मद्दत पुग्ने समेत एक अध्ययनले देखाएको छ । लसुनमा पाइने केही तत्वहरूले शरीरमा भएको बोसोलाई पगाल्न मद्दत गर्दछ । लसुनमा एक एलियम नामक मुख्य तत्व हुन्छ, जुन शरीरका लागि लाभदायक मानिन्छ । यो लसुन सेवन गरेको करिब १० मिनेटपछि सक्रिय हुन्छ ।

यदी तपाई शरीरको तौल कम गर्न चाहनु हुन्छ भने लसुनलाई काचो नै खानुपर्छ । एलियम नामको तत्वले लसुनको सुगन्ध पनि बढाउँछ । लसुनको सुगन्ध जति तेज हुन्छ, त्यति नै यो फाइदाजनक पनि मानिन्छ । लसुनमा एलिनेज नामको एक एंजाइम पनि हुन्छ, जसले शरीरमा रहेको बोर्सा पगाल्न मद्दत गर्दछ ।

लसुनलाई विभिन्न उपायबाट तौल कम गर्ने उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ ।

महसँग लसुन
शरीरको डिटक्सिफाइका लागि लसुन र मह निकै राम्रो मानिन्छ । किनभने लसुन र महले शरीरमा रहेको फोहोरलाई सफाई गर्न मद्दत गर्दछ ।

यसको सेवनले पेट लामोसम्म भरिएको पनि महसुस हुन्छ । यी दुईको मिश्रणले भोक कम लाग्नुका साथै पाचन प्रणाली पनि राम्रो हुन्छ । तौल कम गर्न पनि पाचन प्रणाली स्वस्थ हुन निकै आवश्यक छ ।

तौल कम गर्न पाकेको भन्दा पनि काचो लसुन लाभदायक मानिन्छ । त्यसैले बिहान खाली पेट काचो लसुन खाए शरीरमा भएको बोसो राम्रोसँग मेटाबोलाइज गर्ने गर्छ ।

कागतीसँग लसुन
थोरै तातो पानी लिनुहोस् । त्यसमा एक चम्चा कागतीको रस र १÷२ पोटी लसुन थिचेर राख्ने र यसलाई मिसाएर पिउने गर्नुहोस् । यो ड्रिंकले तौल कम मात्र नभई फ्री रेडिकल्सले हुने विभिन्न ड्यामेजबाट पनि बचाउँछ ।

खाली पेटमा लसुन 
बिहान खाली पेट लसुन या लसुन पानी खायौँ भने यसको अधिक लाभ मिल्छ । किनभने पकाएको भन्दा काचो लसुन बढी फाइदाजनक मानिन्छ । बिहान २र३ पोटी लसुन पानीसँग खान सकिन्छ ।

घरेलु उपायबाट शरीरको तौल कम गर्न चाहनेका लागि लसुनको प्रयोग सबैभन्दा उत्तम मानिन्छ । तर यो मात्र भनेर हुँदैन । यो सँगै स्वस्थ खानेकुरा र नियमित कसरतको पनि निकै जरुरी हुन्छ ।

साइड इफेक्ट
लसुनको सेवन धेरै फाइदाजनक छ । तर लसुनको प्रयोग सबैका लागि फाइदाजनक नहुन सक्छ । यदी कुनै व्यक्ति अस्वस्थ छ, या कुनै रोगको बिरामी छ भने चिकित्सकको सल्लाह अनुसार मात्र यसलाई आफ्नो खानामा प्रयोग गर्नुपर्छ ।

लसुनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या या छालाको एलर्जी पनि निम्त्याउन सक्छ । त्यसैले लसुनको प्रयोग आफ्नो स्वास्थ्य अवस्था र आवश्यकता अनुसार मात्र गर्न जरुरी छ । एजेन्सी

आइतबार​ २६ चैत २०७९ १०:३० AM मा प्रकाशित

प्रतिक्रिया