प्रलेस अध्यक्षमा मधुसूदन

    images

    प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

    कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन हुनुभएको छ । सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ ।

    निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गर्नुभयो भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाउनुभयो ।

    शनिबार २६ चैत २०७८ ०६:५० PM मा प्रकाशित

    प्रतिक्रिया