×

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

images

काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आजभएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेद्‍वार रहेका पौडेल निर्वाचित भएका हुन्।

जम्मा खसेको मतभार ४९ हजार ५ सय ९१ मतमध्ये पौडेलले ३३ हजार ८ सय २ मत पाएका छन्। पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन्।

यस्तै, उनका प्रतिद्धन्दी रहेका नेकपा एमालेका सुवाशचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरेका छन्। नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए।

पौडेललाई ९ दलीय गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका मतदाताहरुले मत दिएका छन्।

 

 

बिहीबार २५ फागुन २०७९ ०५:२२ PM मा प्रकाशित

प्रतिक्रिया