×

ए डिभिजन लिगस् पुलिसको रोमाञ्चक जित

images

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ ।

पुलिसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल युथ क्लबमाथि २(१ को रोमाञ्चक जित हात पारेको हो ।

खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

नीर कुमार राईको पासमा उनले पेनाल्टी क्षेत्रबाट गरेको क्रस बलले सिधै जाली चुमेको थियो ।


५३ औं मिनेटमा मोसा अवगानाले पेनाल्टीमार्फत गोल गर्दै च्यासललाई १(१ को बराबरीमा ल्याए ।

पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।  

७० औं मिनेटमा रविले व्यक्तिगत दोस्रो  गोल गर्दै टोलीलाई २(१ को रोमाञ्चक जित दिलाए ।

 उनले सुमन लामाले उपलब्ध गराएको पासलाई पोस्टको दिशा दिएका थिए ।

योसँगै प्रतियोगितामा दोस्रो जित हात  पारेको पुलिसले ९ खेलमा १० अंक जोड्दै १० औं स्थानमा उक्लिँदा पराजित च्यासल समान खेलबाट  ५ अंकका  साथ १३ औं स्थानमा छ ।

बुधबार २६ माघ २०७८ ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया