×

भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते

images

काठमाडौं । भन्सार विभागले लिने भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तोकेको छ । विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते दिउँसो २ बजे हुने भएको हो ।

भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मा दरखास्त आह्वान गरेपनि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो ।

माघ २९ गतेका लागि परीक्षा तोकिए पनि कोरोना महामारी कै कारण गत माघ ७ गते परीक्षा स्थगित भएको थियो ।

बुधबार २६ माघ २०७८ ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया