×

सबै नागरिकका लागि छिट्टै कोरोनाविरुद्धको बूस्टर डोज प्रदान गर्छौं : स्वास्थ्यमन्त्री खतिवडा

images

काठमाडौं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले सबै नागरिकका लागि छिटै कोरोनाविरुद्धको बूस्टर डोज प्रदान गर्ने बताएका छन् । बुधबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापन–पत्र बुझ्दै मन्त्री खतिवडाले अहिले अग्रपङ्तीमा काम गर्नेलाई दिइएरहेको बूस्टर डोज केहि दिनभित्रै सबै नागरिकका लागि प्रदान गर्ने बताएका हुन् ।

मन्त्री खतिवडाले बिद्यार्थीहरुका लागि पनि खोप प्रदान गर्ने काम सुरु भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउने धारणा राखे । त्यस्तै उनले कोरानाबिरुद्धको थप खोप ल्याउने क्रममा रहेको भन्दै खापको अभाव हुन नदिने बताए ।

विपन्न बर्गका लागि स्वास्थ्य उपचार निःशुल्क नै रहेको भन्दै सर्वसाधारणमा जानकारी नहुदा प्रभावकारी हुन नसकेको उनले बताए ।

अनेरास्ववियुले सरकारी र सामुदायिक अस्पतालमा विद्यार्थी, किसान, मजदुरलगायत आर्थिक अभाव भएका नागरिकको उपचारमा चेकजाँच दर्ता निःशूल्क बनाएर सहज उपचार गर्ने वातावरण बनाउन माग गर्दै मन्त्री खतिवडालाई ज्ञापन–पत्र बुझाएको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । 

बुधबार २६ माघ २०७८ ०४:१३ PM मा प्रकाशित

प्रतिक्रिया