×

ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्याउन  जरुरी छ’ : उपप्रधानमन्त्री खड्का

images


काठमाडौँ, २४ पुस : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्याउन  जरुरी रहेको बताउनुभएको छ । नेपाल ज्योतिष परिषपद्को आज यहाँ आयोजित रजत समारोहको उद्घाटन गर्दै उहाँले परम्परागत ज्योतिष विद्यालाई नयाँ प्रविधिमार्फत सबैको पहुँचमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । 

 “ज्योतिष विज्ञानलाई थप वैज्ञानिक बनाउन जरुरी छ, यसलाई अगाडि बढाउन सरकारले आवश्यक सहयोग गर्नेछ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । ज्योतिष विज्ञानलाई हचुवाको भरमा प्रयोग गर्ने र जीविकोपार्जनको माध्यम बनाउन नहुने उहाँले बताउनुभयो । 

“खगोलको बारेमा नयाँ नयाँ कुरालार्ई ज्योतिष विज्ञानमार्फत अगाडि बढाउनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो । ज्योतिष अध्ययनलाई निश्चित कार्यविधि र मापदण्ड बनाउन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले सरकारले ज्योतिषलाई अनुमतिपत्रको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले देशभरका १४ हजारभन्दा बढी ज्योतिष परिषद्मा आवद्ध रहेका जानकारी दिनुभयो । 


विसं २०५३ मा स्थापना भएको परिषद्ले हाल ७७ वटै जिल्ला, सात प्रदेश र उपत्यकामा आफ्नो शाखा विस्तार गरिसकेको छ । आगामी वर्ष चैत शुक्ल प्रतिपदाको दिनलाई राष्ट्रिय ज्योतिष दिवस मनाइने परिषद्का अध्यक्ष माधवराज पाण्डेले बताउनुभयो । परिषद्ले रजतजयन्ती समारोहमा संस्थाको विकासमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

मङ्गलबार २४ पुस २०८० ०३:४१ PM मा प्रकाशित

प्रतिक्रिया