×

कर्णालीका तीन युवा विश्व साइकलयात्रामा

images

मुगु, २४ पुस : कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत  विश्व भ्रमणमा निस्किएका छन् । उहाँहरुले नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइ नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डासहित साइकलयात्रा सुरू गर्नुभएको हो ।

विश्वमा शान्तिको सन्देश फैलाउनुका साथै नेपालको पर्यटन विकास र पर्यावरण संरक्षणका लागि विश्वसामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरूले विश्व साइकलयात्रीका रूपमा आफ्नो यात्रा तय गरेको छायाँनाथ रारा नगरपालिका–१ निवासी अजय मल्लले बताउनुभयो । 

विश्व साइकलयात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवाले भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीनलगायतका देशको भ्रमण गर्ने  कार्यतालिका रहेको मल्लले बताउनुभयो । यसअघि सो टोलीले  मेचीदेखि महाकालीसम्मको साइकलयात्रा गरिसकेको छ ।

मङ्गलबार २४ पुस २०८० ०७:२६ PM मा प्रकाशित

प्रतिक्रिया