×

सरकारद्वारा अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनालको नेतृत्वमा समिति गठन

images

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालको नेतृत्वमा सो समिति गठन गर्ने निर्णय भएको हो । लामो समयदेखि नीजि क्षेत्रले एक उच्चस्तरीय आयोग बनाउन माग गर्दैआएका थिए । निजी क्षेत्रको माग बमोजिम सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ ।

आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल रहेका छन् ।

आयोगले आवश्यकता अनुसार निजी क्षेत्र लगायतअर्थतन्त्रका विविध पक्षहरुसँग परामर्श समेत गर्नेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोगले सबै पक्षसँग परामर्श र छलफल गरीनेपालको अर्थतन्त्रलाई परिवर्तित समय अनुसार गतिशिल बनाउँदै सही मार्गमा अघि बढाउन आवश्यक सुझावहरु दिने विश्वास व्यक्त गरेका छन् ।

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पन्न गर्ने कार्यहरूको सूचीमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गर्ने बुँदा पनि समावेश थियो । आयोगले कार्यविधि आफै बनाउने छ । 

मङ्गलबार २२ असोज २०८१ ०२:५८ PM मा प्रकाशित

प्रतिक्रिया