×

डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान देशभर सुरु

images

काठमाडौं । देशका विभिन्न ठाउँमा डेङ्गीको सङ्क्रमण फैलिन नदिन लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ । डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र पालिका तहसँग समन्वय गरिरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश र पालिका सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरी काम थालेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले जानकारी दिए ।

समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले पनि सबैलाई हप्ताको एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ ।

बिहीबार २३ भदौ २०७९ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया