×

पालुङटारकी नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

images

गोरखा । पालुङटार नगरपालिका नेसपा उपाध्यक्ष सुशिला श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेकी छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा उनी माओवादी केन्द्र प्रवेश गरेकी हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उहाँलाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि नेतृ श्रेष्ठले विभिन्न अनुभवका आधारमा नेसपाबाट देश र जनताको लागि ठोस काम गर्न नसकिएको महसुस भएकाले माओवादी केन्द्रमै फर्किएको बताइन् । उनले माओवादी केन्द्रलाई आफ्नो पुरानो घरको रुपमा लिएर अब जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन ।

प्रचण्डले श्रेष्ठको आफ्नै घर आगमनले पार्टी संगठन थप सबल हुने विश्वास व्यक्त गर्नु का साथै अन्य नेताकार्यकर्तालाई पुरानै घर फर्किन अपिल गरे ।

 

सोमबार २३ भदौ २०८२ ०९:२५ AM मा प्रकाशित

प्रतिक्रिया