×

बालुवाटारमा तीन दलको बैठक सुरू

images

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा प्रमुख सचेतकहरुसमेत सहभागी छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको अवरोध खुलाउन सोमबार सभामुख घिमिरेले पनि शीर्ष नेताहरुसँग छलफल गरेका थिए । तर सहमति जुट्न सकेन । प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।

मङ्गलबार २३ साउन २०८० ११:४६ AM मा प्रकाशित

प्रतिक्रिया