×

थप ९८ जनामा कोरोना सङ्क्रमण

images

पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय ५४ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २७ जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या पाँच सय ६४ जना पुगेकाे छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

थप ६२ हजार नाै सय ७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

शुक्रबार​ २४ असार २०७९ ०५:३८ PM मा प्रकाशित

प्रतिक्रिया