×

आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी नगरेको ?

images

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी जारी हुनुपर्ने बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा दाहालले गठबन्धन भएकै कारण राणा र खाँणमाथि पक्राउ पुर्जी जारी नभएको आरोपसमेत लगाए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ । फेरि उहाँ हराउनुभयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो ।

यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ । उनीहरूलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन, उनले भने

सोमबार २५ बैशाख २०८० ०८:४० PM मा प्रकाशित

प्रतिक्रिया