×

विकासलाई निरन्तरता दिन गठबन्धनलाई जिताउनुहोस् : उपसभापति खड्का

images

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभएको छ । 

सुर्खेतस्थित भेरीगङ्गा नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले विकास गर्न र भइरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउन आवश्यक भएको उल्लेख गर्नुभयो । “जहाँ चुनावी तालमेल भएको छ त्यहाँ गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्नुहोस्”, उहाँले भन्नुभयो । उपसभापति खड्काले कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । 

आइतबार​ २५ बैशाख २०७९ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया