×

नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकले घट्यो नेप्से

images

काठमाडौँ । नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १९ अंकभन्दा बढी घटेर बन्द भएको नेप्से, यस दिन करिब १७ अंक घटेर बन्द भएको हो। सोमबार नेप्से परिसूचक १६.९३ अंक घटेर १८३३.६९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७० स्टकको २५ हजार ५८८ पटकको कारोबारमा ८२ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन ३८ रुपैयाँ ७० पैसा घटेर ३४८ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, शिवश्री हाइड्रोपावरको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ३ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावर, हिमालयन डिष्टिलरी र तारागाउँ रिजेन्सी होटलको २ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ। कारोबारमा आएका वित्त, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार २५ बैशाख २०८० ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया