×

तिब्बेतियन शरणार्थी नेपाली नागरिकता सहित पक्राउ 

images

काठमाडौं । तिब्बेतियन शरणार्थी नेपाली नागरिकता सहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तिब्बतमा जन्म भई शरणार्थीको रुपमा बौद्धको बुद्धतुशाल क्याम्पमा बसोबास गर्ने २७ बर्षकि निमा ल्हामो गुरुङ रहेकी छिन् । 

काठमाण्डौको बिभिन्न ठाँउमा बसोबास गर्ने तिब्बेतियन शरणार्थीले सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरी नक्कली बुबा समेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट निमा ल्हामो गुरुङको नाममा जारी भएको नागरिकता सहित फेला पारी पक्राउ गरेको हो । 

उनलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ  ।
 

शनिबार २५ चैत २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया