×

लुम्बिनी प्रदेश : पालिकास्तरको मत विश्लेषण गरेर सिट बाँडफाँट गर्ने तयारीमा सत्तारुढ गठबन्धन

images

रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले पालिकास्तरमा मतको विश्लेषण गरेर सिट बाँडफाँट गर्ने तयारी गरेको छ।

१०९ पालिकाको धरातलीय अवस्थाको अध्ययन गरी चैत्र २६ गते आइतवारसम्म रिपाेर्ट बुझाउन सम्बन्धित पार्टीका जिल्ला समितिहरुलाई निर्देशन दिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।

प्रदेशभित्र सत्तारुढ गठबन्धनलाई बलियो र मजबुद बनाउनका लागि नियमित बैठक बस्ने तथा निर्वाचन योजना निर्माण गर्ने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको हो ।

जिल्लागत अवस्था प्राप्त भए पनि चैत्र २७ गते बस्ने गठबन्धनको बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि तालमेलको मोडालिटी तय गर्न सक्ने सम्भावना रहेको नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले जानकारी दिनुभयो।

बैठकमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादीका अध्यक्ष अशोककुमार यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष बद्रे आलमको सहभागिता रहेको थियो। ३ दिनअघि बसेको बैठकमा एकीकृत समाजवादी अनुपस्थित भएपछि गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको भन्ने चर्चा चलेको थियो।

शुक्रबार​ २५ चैत २०७८ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया