काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यका सहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने छ ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ ।
आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । भने कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ
प्रतिक्रिया