×

सहकारीको नाममा ठगी बढ्यो- सभामुख घिमिरे

images

काठमाडौं । सभामुख देवराज घिमिरेले सहकारीको नाममा ठगी गर्ने प्रवृति बढेको बताउँदै नियन्त्रणका लागि आवश्यक कदम चालिनु पर्ने बताएका छन् ।  

बुधबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले गरेको सहकारीको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीमा उनले सहकारीको नाममा ठगी गर्ने प्रवृति बढिरहेको बताउँदै  सरकारले यसको अनुगमन गरी समाधान गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने प्रवृति बढेको छ । यस्ता  कार्यलाई नियन्त्रण गर्न आवश्यक छ । सरकारले यसको अनुगमन गर्नुप¥यो । देखा परेका समस्या समयमै समाधान गर्न भूमिका खल्नु प¥यो ।’


उनले ७ खर्बभन्दा बढी पुँजी परिचालन भएको सहकारी क्षेत्रलाई नियमन गर्न छुट्टै  ऐन निमार्ण गर्न जरुरी रहेको पनि बताए । कार्यक्रममा उनले सहकारीको समस्या समाधान गर्न सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । 
 

बुधबार २४ फागुन २०७९ ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया