×

मन्त्री आलेको गृहजिल्ला डोटीका पूर्व एमाले जिल्ला अध्यक्ष नेकपा एसमा प्रवेश

images

धनगढी । नेकपा एमालेका डोटी जिल्ला कमिटी पूर्व अध्यक्ष नारद मलासी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेकपा एसको डोटी जिल्ला कमिटी बैठकबाट मलासीले एमाले परित्याग गरेका हुन् ।

उनी २०७० सालकाे संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग पराजित भएका थिए । बलायर भाैतिक पूर्वाधारमन्त्री भएका बेला २०७४ सालकाे प्रतिनिधिसभा निर्वाचनमा बलायर प्रेम आलेसँग पराजित भएका थिए ।

मलासीलाई नेकपा एसका नेता तथा पर्यटनमन्त्री प्रेम आले लगायतका नेताहरुको पहलमा पार्टी प्रवेश गराइएको नेकपा एस डोटीले जनाएको छ ।

मलासीसँगै एमालेका पूर्व जिल्ला कमिटी सदस्य तथा युवा नेता धनबहादुर नेपाली पनि नेकपा एसमा प्रवेश गरेका छन् । आलेको गृहजिल्ला डोटीमा एमालेबाट नेकपा एसमा प्रवेश गराउने क्रम बढेको छ ।

मन्त्रीका रुपमा लाेकप्रिय काम गरेका कारण आलेकाे गृह जिल्लामा नेकपा एस प्रवेशकाे लहर चलेकाे साे पार्टीले जनाएको जनाएकाे छ ।

मलासीलाई नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जोशी,नेता गरिमा शाह लगायतले स्वागत गरेका थिए ।

सोही बैठकबाट जोरायल गाउँपालिका-६ का वडाध्यक्ष लालबहादुर साउद पनि एमाले छाडेर नेकपा एसमा प्रवेश गरेका छन् ।

मङ्गलबार २५ माघ २०७८ ०३:१९ PM मा प्रकाशित

प्रतिक्रिया