×

कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

images


काठमाडौं। कर्णाली प्रदेश ब्याडमिन्टन संघको आयोजना, कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा सुर्खेत जिल्ला ब्याडमिन्टन संघको समन्वय र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको चार दिने ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ ।
निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए । प्रशिक्षार्थीहरुलाई ब्याडमिन्टन एशियाका निर्णायक तथा नेपाल ब्याडमिन्टन संघका सदस्य दीपक थापा र राष्ट्रिय रेफ्रि एवं अन्तराष्ट्रिय निर्णायक किरण कारञ्जितले प्रशिक्षण प्रदान गरेका थिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले उद्घाटन गरको तालिममा दिक्षित निर्णायकहरुलाई कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जि.सी.ले प्रमाण पत्र वितरण गरेका थिए । कर्णाली प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष टक्क बहादुर शाही (आजीवन)को सभापतित्वमा भएको समापन कार्यक्रममा बिशेष अतिथीको रुपमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव संज्यालको उपस्थिती रहेको थियो ।

सोमबार २३ पुस २०८० ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया