×

जीवन्त अभिनयका निम्ति आफैँ पात्र बन्छन् कलाकार

images

काठमाडौँ, २३ पुस ः चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ । अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसक्नु भएको छ । उहाँलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उहाँले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताउनु भएको थिएन । यद्यपि उहाँले त्यसलाई कसरी खोज्नु अथवा बुझ्नुभयो ? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भएमा उक्त जीवन बाच्नु नपर्ने राससलाई बताउनुभयो । 

“दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ । यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो”, अभिनेता हमालले भन्नुभयो,“मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो । मेरो निर्वाह गरेको पात्रले मलाई उहाँसँग नजिक बनाएको थियो ।”उहाँले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गर्नुभयो । त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गर्नुभएन  । 

यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ । गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिनुभएको थियो । अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिनुभएको थियो । 

अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुनुहुन्छ । उहाँले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन् । आपूmले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उहाँले बताउनुभयो । “मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ । म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु । समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु”, अभिनेता अग्रहरिले भन्नुभयो । उहाँले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको  बताउनुभयो । 

मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गर्नुभएका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहनुभएका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहदै आएको छ । 

चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ । अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसक्नु भएको छ । उहाँलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उहाँले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताउनु भएको थिएन । यद्यपि उहाँले त्यसलाई कसरी खोज्नु अथवा बुझ्नुभयो ? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भएमा उक्त जीवन बाच्नु नपर्ने राससलाई बताउनुभयो । 

“दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ । यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो”, अभिनेता हमालले भन्नुभयो,“मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो । मेरो निर्वाह गरेको पात्रले मलाई उहाँसँग नजिक बनाएको थियो ।”उहाँले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गर्नुभयो । त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गर्नुभएन  । 

यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ । गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिनुभएको थियो । अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिनुभएको थियो । 

अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुनुहुन्छ । उहाँले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन् । आपूmले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उहाँले बताउनुभयो । “मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ । म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु । समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु”, अभिनेता अग्रहरिले भन्नुभयो । उहाँले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको  बताउनुभयो । 

मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गर्नुभएका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहनुभएका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहदै आएको छ । 

सोमबार २३ पुस २०८० ०१:२८ PM मा प्रकाशित

प्रतिक्रिया