काठमाडौँ । देशभर बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गतेदेखि २१ गतेसम्म बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।
जसमा सबै भन्दा धेरै इलाममा रहेका छन् । इलाममा पहिरोबाट ३७ र बाढीमा एक जना गरि ३८ जनाको मृत्यु भएको छ । त्यस्तै उदयपुर, धनुषा र पाँचथरमा २-२ जना, काभ्रे, खोटाङ, मोरङ, सुनसरीमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै रौतहटमा २ जनाको चट्याङ लागेर र एक जना बाढी,मा परेर मृत्यु भएको छ ।
बाढी र पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता रहेका छन् । जसमा रसुवामा ४ जना, भोजपुर र इलाममा एक एक जना रहेका छन् । असोज १७ गतेदेखिको बाढी र पहिरोमा परेर हाल सम्म ४७ जना घाइते रहेका छन् ।
प्रतिक्रिया